आजदेखि १० जनाको मृत्यू भएको बस्तीमा बिशेषज्ञ स्वास्थ्यकर्मीसहित स्थानीयको घरघरै पुगेर रोगबारे अध्ययन



९ दिनको अवधिमा महोत्तरीको बर्दिबास र भंगाहा नगरपालिकाका दुई बस्तीमा १० जनाको मृत्यु भएपछि संघीय संसदमा महोत्तरी जिल्लाबाट निर्वाचित शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलको ध्यानाकर्षण भएको छ ।  मन्त्री पोखरेलले १० जनाको मृत्यू हुनुको कारण मदिरा सेवन वा मलेरिया हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए ।


 

पेट दुख्ने, झाडापखाला लाग्ने र वान्ता हुने लक्षणका कारण स्थानीयको मृत्यु हुन थालेपछि शुक्रबार पोखरेल घटनास्थल पुगेका थिए ।

स्वास्थ्यकर्मी, स्थानीय प्रशासन र स्थानीय तहका जनप्रतिनिधिले विषादीयुक्त मदिरा पिएका कारण अधिकाशंको मृत्यु भएको प्रारम्भिक आशंका गरिएको छ तर गर्मीयाम र बेलाबखत पानी परिरहेकाले लामखुट्टेको प्रकोपले मलेरिया पनि हुनसक्ने आशंका व्यक्त गरिएको छ ।

 

बस्तीमा लगातार स्थानीयको मृत्यु हुन थालेपछि स्वास्थ्य विभाग र इपिडेमियोलोजी महाशाखाबाट डा. अमृत पोखरेलको नेतृत्वमा टोली खटाइएको उनले जनाए । मृतकहरु ३० देखि ५७ वर्ष उमेरका छन ।

 

अधिकांश मृतकले नियमति रक्सी सेवन गर्ने गरेका छन् ।
केही बिषादीयुक्त चिज मिसिएको वा कच्चापदार्थमा नै बिषाक्त भएका कारण रक्सी पिउनेहरु बिरामी परेको र मृत्युसमेत भएको हुनसक्ने बताइएको छ ।

 

आजदेखि काठमाडौंबाट पठाइएको बिशेषज्ञ स्वास्थ्यकर्मीसहित स्थानीयको घरघरै पुगेर रोगबारे अध्ययन र बिरामीको उपचार गर्ने मन्त्री पोखरेलले जानकारी दिए ।
परीक्षणका लागि पठाइएको ४ जना मृतकहरुको नमुनाको रिपोर्ट भने आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button