कोरोना कहर : विश्वभर झण्डै अढाइलाख मानिसकाे मृत्यू 



विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको  संख्या विश्वभर झण्डै अढाइलाखकाे का नजिक रहेकाे छ । काेराेनाबाट  याे समाचार तयार पार्दा सम्म  २ लाख ३९ हजार ५७०  जना  मानिसकाे मृत्यू भैसकेकाे छ । 


चिनकाे हुवान प्रान्तबाट  ४ महिना अगाडीदेखि  फैलिएकाे   कोरोना भाइरसको महामारीबाट शनिबार बिहान सम्म ३४ लाख २ सय ७८ मानिस संक्रमित भएका छन् ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट मृत्यू हुनेभन्दा  उपचार गरी घर फर्किनेकाे संख्या  उल्लेख्य रहेकाे छ ।

संक्रमणमा परेका १० लाख ८० हजार १०१ जना मानिस स्वस्थ्य लाभ गरी घर फर्किसकेका छन् , भने   २० लाख ७८ हजार ९१४ जनाले  विभिन्न अस्पतालमा उपचार  गराइरहेका छन् ।

उपचाररतमध्ये ५१ हजार ३५५ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ६१९ जनाको मृत्यु भएको छ भने ९४ हजार ५३७ जना  नयाँ संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button