आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस
आज मे १ तारिख अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिन्छ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभरका सम्पुर्ण श्रमिकहरूले यो दिवस मनाउन गर्दछन् ।
तर यसवर्ष विश्वभरीनै कोरोना भाइरस काेभिड १९काे संक्रमणका कारण मे दिवसका कार्यक्रमहरु प्राय सवै देशमा स्थगित भएका छन् ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियाे । नेपालमा सर्वप्रथम विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै मे दिवस मनाइन थालिएको हो।