रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन



 रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा बिहिबार राती निधन भएकाे छ ।


उनको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन  पिता इश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) काे सन्तानकाे रूपमा   वीरगञ्जमा भएकाे थियाे ।

अधिकारीले  रेडियो नेपालको स्थापना कालदेखि नै रेडियाे नेपालमा गीत गाउन थालेकी थिइन  ।

रानुदेवीले १६ वर्षको उमेरमा तारिणीप्रसाद कोइरालाको शब्द र संगीतमा  नेपाली नेपाली ‘अघि बढौं हातमा क्रान्ति झण्डा लिई, क्रान्ति झण्डा लिई, नेपाली ‘हे नेपाली आमा बाबु दिदी बहिनी दाजुभाई, सब मिली उद्धार गरौं हाम्रो नेपाललाई,पछि नसरौं अबदेखि दुःख परे पनि, पछि नसरौं अबदेखि दुःख परे पनि  जस्ता  दर्जनाै गीत गाएकी थिइन् ।

त्यसताका  काँग्रेसका पक्षमा गीत गाउँनु अत्यन्तै  जोखिमपूर्ण मानिन्थ्याे

उनको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो । साथै उनकाे  छोरा अविन र छोरीहरू अर्चना तथा अल्पना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button