रोल्पामा बाख्रा चराएर घर फर्किरहेका चार बालबालिकाको बम विस्फोटमा परि मृत्यु   



 


राेल्पाकाे  त्रिवेणी गाउँपालिका–७ मा बेवारिसे बम विस्फोट हुँदा चार बालबालिको मृत्यु भएको छ ।

बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेका हुन् । बिस्फोटमा परेर मर्ने बालबालिकाहरूमा १४ बर्षीय लोकीराम डाँगी, ११ बर्षीया विमला खत्री, १३ बर्षीय गौरव नेपाली र ५ बर्षीय विजय खत्री रहेका छन् ।

सशस्त्र द्वन्द्वका  बेला  त्यस क्षेत्रमा  माओवादी र  सुरक्षाकर्मीकाे  भिडन्त भएकाे थियाे ।

घटनास्थल सदरमुकाम लिबाङबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ । गैरीगाउँमा प्रहरीले यसअघि पनि ठूलो मात्रामा हतियार, गोलीगठ्ठा र बम फेला पारेको थियो ।

जिल्लाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा हिजो बेलुका बालबालिकाले बेवारिसे बम खेलाउने क्रममा विष्फोट भएको रोल्पा प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button