पीसीआर मेसिनले लगातार गलत रिपोर्ट दिन थालेपछि प्रदेशिक अस्पताल जनकपुरको प्रयोगशाला बन्द



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ को प्रदेशिक अस्पताल जनकपुरमा स्थापना गरिएको कोरोना परीक्षण गर्ने पीसीआर प्रयोगशाला बिश्वसनिय नभएपछी एक सातादेखि स्वाब परीक्षण सेवा बन्द गरीएको छ ।
प्रयोगशालामा हालसम्म १०१ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखाएको थियो । तर, परीक्षण गरिएकामध्ये सर्लाहीका १ जना र रौतहटका २ जना गरी ३ जनाको स्वाब पुनः काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि जनकपुरको पीसीआर प्रयोगशालाको विश्वसनीयतामाथि प्रश्न उठाउँदै परिक्षण बन्द गरिएको हो ।


कोरोना परिक्षण गर्न प्रदेश २ मै पहिलोपटक चैत २१ गते जनकपुरधाम प्रादेशिक अस्पतालमा पीसीआर मेसिन जडान गरीएकोे थियो । पीसीआर प्रयोगशाला बन्द भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएको छ ।

जनकपुरको पीसीआर मेसिन फिर्ता गरी प्रदेश सरकारले अर्को नयाँ मेसिन ल्याउने तयारी गरीरहेको समाजिक विकास मन्त्रायका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button