२५ लाख रुपैयाँ बराबरको छोगडासहित पक्राउ



मेरो प्रदेश सम्वाददाता
पर्सा
जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरको २५ हजार किलो छोगडासहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय निशाल भन्ने विशाल क्षेत्री रहेका छन


प्रहरी टोलीले ना.५ ख ९८५९ नम्बरको ट्रकमा छोगडा लोड गरिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

पक्राउ विशाललाई बरामद छोगडासहित आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालय पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button