राहतमा कुहिएको चामल बाँडेको भन्दै स्थानिय आक्रोशित



मेरो प्रदेश सम्वाददाता
धनुषा
लकडाउनको एक महिना बितेपछी गरिब तथा दैनिक मजदुरी गरी खानेहरुलाई जनकपुरधाम उपमहानगरपालिकाले राहतमा कुहिएको चामल बाँडेको छ । उपमहानगरपालिका वडानम्बर १६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल ढुसी परेको र कुहिएको भेटिएको हो ।
चामल कुहिएकोे कारण ढुसी परेरे अमिलो गन्ध आएको राहत पाउने स्थानीयहरु बताउछन । राहतमा कुहिएको चामल दिएपछि उनीहरु आक्रोशित भएका छन् । उपमहानगरपालिकाले पहिलो चरणमा १२ वटा वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको हो । वडा नम्बर २, ३, ४, ५, ६, ८, ११, १४, १६, १७, १८ र २१ मा राहत पठाइएको छ । वडा नम्बर २ मा ३ सय १५, वडा नम्बर ३ मा २ सय ७०, वडा नम्बर ४ मा १ हजार २९, वडा नम्बर ५ मा १ सय ४७, वडा नम्बर ६ मा ५ सय ८८, वडा नम्बर ८ मा ७ सय ५४, वडा नम्बर ११ मा ५ सय ८९, वडा नम्बर १४ मा ६ सय १५, वडा नम्बर १६ मा ५ सय ४१, वडा नम्बर १७ मा ९ सय ४१, वडा नम्बर १८ मा ६ सय १२, वडा नम्बर २१ मा १ हजार २ सय घरपरिवारका लागि राहत पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।


सडेको चामल दिएर उपमहानगरपालिकाले गरिबीसँग मजाक उडाएको भन्दै
स्थानीयले वडा कार्यालयमा फिर्ता गरिदिएका छन् ।

गत चैत २२ गते उपमहानगरको बोर्ड बैठकले राहत वितरण गर्ने भनेर २५ वटै वडामा नामावाली संकलन कार्य प्रारम्भ गरेको थियो ।

बोर्ड बैठकद्वारा प्रत्येक परिवारलाई ३० किलो चामल, ३ किलो दाल, २ लिटर खानेतेल र २ प्याकेट नूनलगायतका सामग्री दिने निर्णय गरेपनि मेयर लालकिशोर साहले बैठकको निर्णयलाई उल्टाउँदै पछि १५ किलो चामल, १ लिटर तेल, एक प्याकेट नून र साबुनका साथै दाल र तरकारी वापत प्रतिपरिवार ३ सय रुपैयाँ वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button