पीसीआर परीक्षणमा ‘नेगेटिभ’ देखाएका रौतहटका दुई जनाको काठमाडौँमा परीक्षण गर्दा ‘पोजेटिभ’



मेरो प्रदेश सम्वाददाता
रौतहट


रौतहटका दूई जना पुरुषमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ति दुईजनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।
लकडाउनपछि चोर बाटो हुँदै नेपाल आएका दुवैको स्वाबको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । त्यहाँ रिपोट नेगेटिभ आएपनि आशंका लागेर पुनः परीक्षणका लागि काठमाडौँ पठाउँदा उनीहरुको रिपोट पाजेटिभ आएको
जिल्ला अस्पताल गौरका अधिकृत महेश साहले जानकारी दिए ।

उनका अनुसार जिल्लाको देवाही बोनाही नगरपालिका वडा–१ का ३५ वर्षीय पुरुष लकडाउनपछि कोलकाताबाट चोरबाटो हुँदै नेपाल आएका थिए । उनको पीसीआर परीक्षण जनकपुरमा गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर जान दिइएको थियो । तर काठमाडौँमा गरिएको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ ।

यसैगरी रौतहटकै वृन्दाबन नगरपालिका वडा नम्बर–९ का २४ वर्षीय पुरुषमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ति पुरुष पनि लकडाउनपछि भारतबाट चोरबाटो हुँदै नेपाल आएका थिए । उनलाई भने चन्द्रपुरस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button