धनुषामा एक महिला सुतेकै अवस्थामा मृत फेला



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषामा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छिन् ।


आइतबार राति खाना खाएर छोराछोरीसंगै सुतेकी सबैला नगरपालिका २ बस्ने शुभनारायण महतोकी ३० बर्षिया श्रीमती सिकान्ती महतो सुतकै ओछ्यानमा सोमबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
मृत फेला परेपछि उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।

उनको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button