प्रदेश २ सरकारले कोभिड १९ सम्वद्ध कार्यमा क्रियाशील सञ्चारकर्मीको मृत्यु भएमा ५० लाख क्षतिपूर्ति दिने

मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ सरकारले कोरोना भाईरस कोभिड १९ सम्वद्ध कार्यमा क्रियाशील रहने सञ्चारकर्मीको मृत्यु भएमा मृतकको परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले सञ्चारकर्मीको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले कोभिड १९ कार्यमा क्रियाशील रहने सञ्चारकर्मीको मृत्यु भएमा मृतकको परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय प्रदेश सरकारले गरेको बताए ।
यसैगरी कोरोना भाइरस कोभिड १९ को उच्च जोखिममा रहेको प्रदेश २ का ८ जिल्लाका पत्रकारहरुका लागि प्रदेश २ को सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । सामग्रीमा हजार वटा मास्क, हजार जोडी ग्लोब्स र ४० लिटर स्यानिटाइजर रहेका छन ।
स्वास्थ्य सुरक्षा सामग्री समाजिक विकास मन्त्री नवल किशोर साहले पत्रकार महासंघ प्रदेश २ कमिटीका उपाध्यक्ष गायत्री मिश्रलाई सोमबार हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण गर्दै मन्त्री साहले कारोनाको महामारीमा पनि जोखिम मोलेर अग्रपंक्तिमा खटिने पत्रकारलाई आफ्नो सुरक्षासँगै जनतालाई सूचना प्रदान गर्दा संवेदनशील बन्न आग्रह गरे।