ठोरी गाउँपालिकाले अलपत्र परेका नागरिकलाई गाउँ फर्काउँदै

मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्साको ठोरी गाउँपालिकाले लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकलाई काठमाडौंबाट गाउँ फर्काउन सुरु गरेको छ ।
गाउँपालिकाले आइतबारबाट गाउँ फर्काउन शुरु गरेकोमा पहिलो दिन चार वटा बसमार्फत दुई सय जना गाउँवासीलाई घर लगेको छ ।
त्यसैगरी सोमबार ८ वटा बसमार्फत ४०० जना भन्दा बढीको संख्यामा गाउँ लैजाने तयारी भइरहेको छ । सरकारले लकडाउनको समय लम्ब्याउँदै जाँदा काठमाडौंमा रोजगारी तथा अध्ययनका सिलसिलामा बसेका नागरिक समस्यामा परेका कारण प्रशासनको समन्वयमा घर लैजान व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाले स्वास्थ्यकर्मी सहितको टोली लिएर आफ्ना नागरिक लिन काठमाडौं पठाइएको अध्यक्ष श्रेष्ठले बताए ।
‘गाउँ र्फकन चाहनेहरुका लागि सोमबार कलंकी, स्वयम्भू, बौद्ध, रत्नपार्क, बालाजु, भक्तपुर, रत्नपार्क, ग्वार्को र गोकर्णबाट बस चढ्ने व्यवस्था मिलाईएको छ । चारसय भन्दा बढीको संख्याका ठोरीवासीहरु घर र्फकनका लागि सम्पर्कमा आइसकेका छन् ।’
घरर्फकन चाहनेहरुको स्वास्थ्य चेकजाँच गरेपछि मात्रै बसमा चढाउने व्यवस्था मिलाइएको छ ।
लकडाउनको समयमा धेरै मानिसहरु हिँडेरै गाउँ फर्किरहेका कारण
निःशुल्क रुपमा र्फकने व्यवस्था मिलाईएको हो । गाउँपालिकाले काठमाडौंबाट गाउँमा पुगेपछि ओर्लने स्थानमा अनिवार्य स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाई फर्किएकाहरुलाई घरकै क्वारेन्टाइनमा बस्ने सुझाव दिइएको बताईएको छ ।