क्वारेन्टाइनमा शंकास्पदहरुको संख्या बढ्दै

मेरो प्रदेश सम्वाददाता
रौतहट
भारतलगायत विभिन्न देशबाट नेपाल भित्रिएकाहरुलाई १६ दिनसम्म नियमित क्वारेन्टाइनमा राख्ने व्यवस्था भए अनुसार कोरोना भाइरस संक्रमितको आशंका गरिएका व्यक्तिहरुको संख्या बढ्ने क्रम जारी रहेको छ ।
रौतहटको २६ स्थानमा बनाईएको बिभिन्न क्वारेन्टाइनहरुमा आइतवार साँझ सम्म १९ जना महिलासहित ३ सय १० जना शंकास्पद व्यक्तिहरुको परीक्षण भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले जानकारी दिए । रौतहटमा कुुल २७७ जनाको थ्रोटस्वाब जाँचको लागि जनकपुर प्रादेशिक असपताल पठाइएकोमा १६१ जनाको निगेटिभ १ जनाको पाजेटिभ रिपार्ट आएको र अन्यको आउन बाँकी रहेको बताईएको छ ।
जिल्लाको बिभिन्न क्वारेन्टाइनमा लगातार २ हप्ता बसेर हालसम्म दुुईसय ७९ जना घर फर्किसकेका छन ।