कर्मचारीकै मिलोमतोमा बन फडा्नी



मेरो प्रदेश सम्वाददाता
महोत्तरी


महोत्तरी र सर्लाहीे जिल्ला भित्र रहेको सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुख देवेशमणि त्रिपाठीको पदोन्नति भई अन्यत्र सरुवा भएर गएपछी परियोजना प्रमुखविहीन बनेको छ ।

परियोजनामा प्रमुख नभएको समयमा लकडाउनको मौकाछोपी सागरनाथ वनमा दैनिक सयौँ रुख कटान गरी तस्करी हुन थालेको छ । लकडाउनको समयमा वनमा कर्मचारीको वन गस्ती कम हुने र मानिसको समेत आवतजावत कम हुने गरेका कारण वन तस्कर थप सक्रिय भएका हुँन ।

तस्करी परियोजनाकै केही कर्मचारीको मिलोमतोमा समेत भइरहेको वनका एक कर्मचारीले नै जानकारी दिएका छन । बनमा नयाँ रुख कटान गरिनुका साथै गोदाममा काटेर राखेको एक लाख घनफिट काठ चोरी भइसकेको उनले बताए ।

तस्करीको बिषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले कोरोना भाइरस नियन्त्रणमा सबै लागिरहेको समयमा तस्कर चोरी, सिकारमा लागिपरेको हुन सक्ने बताए । तस्कर नियन्त्रणका लागि बनमा कडईका साथ सुरक्षाकर्मी परिचालन गरिने उनले जनाए ।

तस्करले चोरी गरेका काठ महोत्तरी ,सर्लाही र धनुषा कोे भित्री शाखा बाटो हुँदै विभिन्न स्थानका चिरान मिल र फर्निचर उद्योगहरुमा समेत लगेर बिक्री गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button