रुख काट्दै गरेको समयमा स्टिङ्ग अप्रेसन टोली द्वारा एकजना तस्कर पक्राउ



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागी नेपाल सरकारद्वारा लागू गरिएको लकडाउनको मौका छोपी महोत्तरीमा काठ तस्करी मौलाएको छ । जिल्लाका उत्तरी क्षेत्रमा अवस्थित बर्दिवास नगरपालिकाको सामुदायिक वन र राष्ट्रिय वनबाट काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । लकडाउनको समयमा घाँस दाउरा काट्ने बहानामा हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि डिभिजन वन कार्यालय र प्रहरीले निगरानी बढाएको बताईएको छ ।
काठ तस्करीमा अधिकांश स्थानीयवासीकै सङ्लग्नता रहेको जनाइएको छ ।
अवैध रुपमा कटान गरिएका त्यस्ता काठहरु जिल्लाको बर्दिवास, विजलपुरा, औरही र धनुषाको लालगढ, बडहरी ,जमुनिबास लायत स्थानिय र छिमेकी जिल्लामा सञ्चालित फर्निचर उद्योगमा बिक्री वितरण गर्ने गरेको
डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त प्रसाद साहले बताए उनका अनुसार तस्करी बढेको गुनासो आएपछि वन क्षेत्रमा सुरक्षाकर्मी र वनकर्मीको गस्ति परिचालन बढाइएको छ । यसैगरी बर्दिबास नगरपालिका–५ माइस्थान चेरुबाट रुख काट्दै गरेको समयमा आईतवार एक जनालाई बन स्टिङ्ग अप्रेसन टोलीले घटना स्थलबार्टै पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिवास नगरपालिका ५ माइस्थान चोरु घर भएका स्थानीय ४५ बर्षीय झोकिलाल लामा रहेका छन । डिभिजन वन कार्यालय गढन्ताका साहयक वन अधिकृत ओमविक्रम खड्काको स्टिङ्ग अप्रेसन टोलीले पानी खोल्सी प्राकृतिक वन क्षेत्रमा सालको रुख काटान गरिरहेको अवस्थामा लामालाई नियन्त्रणमा लिएको हो ।
उनलाई शसस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरास्तमा राखी वन ऐन २०७६ अनुसार वनमा हानिनोक्सानी गरेको अभियोगमा मुद्दा चलाईने जनाईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button