मेयरकाे नियतले विपन्न भाेकभाेकै



नाेबेल काेराेना भाइरस काेभिड १९ का कारण देश  अहिले  १ महिनादेखि लकडाउनमा छ । यस्ताे बेला दैनिक मजदुरी गरेर गुजारा चलाउने  गरिब विपन्न तथा मजदुर  घर परिवारलाइ समस्या परेकाे छ । यस्ताेबेला राहत दिनु त परकाे कुरा उल्टै मेयरले हकारेर पठाएका छन् ।


याे घटना जनकपुरधाम उप-महानगरपालिकाकाे हाे  ।   उप-महानगरपालिकाले गरिब विपन्न परिवारलाई राहत  स्वरूप चामल-दाल मात्रै नभइ एउटा  मास्क समेत बाँड्न सकेकाे छैन ।

टाेलका  मानिसहरू संगै मिलेर   मेयर  लालकिशोर साहको घरमा राहत माग्न गएका उनीहरूलाइ मेयरले उल्टै  हप्काएर कुकुर लगाइ  भगाएका छन् ।

यता मेयरले     माथिल्लो सरकारले  कुुनै  सहयोग नगरेकाे बताउदै    ,नगरपालिकाले पनि वडा कार्यालयमार्फत खाद्यान्न वितरण गर्ने योजना बनाएको तर  खाद्यान्न अभावले वितरण गर्न नसकिएको बताए ।

वडाध्यक्ष जानकीराम साहले मेयरले कमिशनको चक्करमा हालसम्म रात वितरण गर्न नसकेको आरोप लगाए। उनले  धनुषाका अधिकांश पालिकाहरूले पहिलो चरणको राहत बाँडिसके  पनि  अाफ्नाे  पालिकामा राहतको अत्तोपत्तो नै नभएकाे बताए ।

मेयरले  कमिशन खाएर विराटनगरबाट खाद्यान्न मगाएपछि राहत वितरणमा ढिलाइ भएकाेले  मेयरको कमिशन स्वार्थका कारण विपन्नले राहत पाउन नसकेको आरोप लगाए ।  मेयरकाे स्वार्थी नियतले   विपन्न परिवार भोकभोकै बस्नुपरेको प्रति उनले दुःख व्यक्त गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button