कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ६ हजार ६५ जनाले ज्यान गुमाएका छन्। यो सँगै मृत्यु हुनेको संख्या २ लाख ३ हजार १ सय ६२ पुगेको वल्र्डओमिटरले जनाएको छ। यो आइतबार बिहान सबा ६ बजेसम्मको तथ्यांक हो।
अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या २९ लाख १९ हजार ४ सय ६२ पुगेको छ। शनिबार मात्रै ९० हजार ६ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये अहिलेसम्म ८ लाख ३६ हजार ६ सय १२ जना उपचारपछि निको भएका छन्।
गएको २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार ६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५४ हजार २ सय ५६ पुगेको छ।
त्यहाँ अहिलेसम्म ९ लाख ६० हजार ६ सय ५१ जना संक्रमित भएका छन्। शनिबार मात्रै अमेरिकामा ३५ हजार चार सय १९ जना नयाँ संक्रमित थपिएका छन्।
त्यसैगरी युकेमा शनिबार ८ सय १३ जनाले ज्यान गुमाएका छन्। यो सँगै त्यहाँ मृतकको संख्या २० हजार नाघेको छ भने संक्रमितको संख्या एक लाख ४८ हजार नाघेको छ।
त्यसैगरी इटालीमा शनिबार ४१५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या २६ हजार ३ सय ८४ पुगेको छ भने संक्रमितको संख्या एक लाख ९५ हजार नाघेको छ।
फ्रान्समा शनिबार कोरोना संक्रमणबाट ३ सय ६९ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या २२ हजार ६ सय १४ पुगेको छ। त्यसैगरी स्पेनमा शनिबार ३ सय ७८ जनाको मृत्यु भएपछि त्यहाँ कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २२ हजार ९ सय २ पुगेको छ।
त्यसैगरी ब्राजिलमा शनिबार कोरोना संक्रमणबाट ३ सय ७५ जनाले ज्यान गुमाएका छन् भने बेल्जियममा २३८, जर्मनीमा ११३, टर्कीमा १०६, क्यानाडामा १६५, नेदरल्यान्डमा १२०, मेक्सिकोमा १५२, पेरुमा ६६, इरानमा ७६, रसियामा ६६, आयरल्यान्डमा ४९, स्वीडेनमा ४० जनाको मृत्यु भएको छ।
हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा ४५ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या आठ सय २५ पुगेको छ भने संक्रमित २६ हजार २ सय ८३ पुगेका छन्। त्यहाँ शनिबार एकै दिन १८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्।
साभार नेपाल खबर