गौशलामा राहतमा बाँडिएको खाने तेलबाट बिरामी भएपछि नेविसंघद्वारा दोषीमाथि कारबाहीको माग



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
नेपाल विद्यार्थी संघ महोत्तरीले गौशाला नगरपालिकाले वितरण गरेको खाने तेलका कारण आधा दर्जनभन्दा बढी नागरिक विरामी परेपछी छानविनको माग गरेका छ । संघका महोत्तरी अध्यक्ष आशुतोष झाले प्रेस विज्ञप्ति जारी गर्दै राहतमा बिषाधि युक्त तेल बितरण गरिएकोमा छानबिन गरी दोषीलाई कारवाहीको माग गरेका हुँन ।


राहतमा बाँडिएको खानेतेल तरकारीमा पकाएर खाएपछि आधा दर्जन व्यक्ति बिरामी परेपछि नेविसंघले यस्ता क्रियाकलपामा संलग्नलाई कानुनी कारवाहीको माग गरेको छ् । आपतकालीन अवस्थामा जनस्वास्थ्यको विषय अति संवेदनशील हुँने कुरा सर्वत्र जानकारी हुँदाहुँदै पनी

जनतालाई सुरक्षित तथा कुनैपनि अमानवीय समस्यबाट गुज्रिन नदिन स्थानीय तहको सरकार र जनप्रतिनिधिसँग अपेक्षा राखिएको अहिलेको अवस्थामा स्थानीय जनप्रतिनिधिहरुबाट कुनैपनि किसिमको असंवेदनशिलता जनताको स्वास्थ्य र भविष्यमाथि खेलवाड सावित हुनसक्छ । यस गम्भीरतालाई दृष्टिगत गर्दैसंवेदनशील विषयमा तत्काल छानविनको र कारवाहीको मार्ग प्रशस्त गरेर सर्वसाधारण जनताको अभिभावकत्व निर्वाह गर्न स्थानीय जनप्रतिनिधिसँग माग गर्दछौं” प्रेस विज्ञप्तीमा उल्लेख छ ।

व्यपारीसँगको मिलोमतोमा भ्रष्टाचार भएको हुन्सक्ने प्रवल सम्भावना बीच यस्तो अमानवीय कार्यको गम्भीरतालाई मध्यनजर गरेर नेविसंघ महोत्तरीले यस घटनामा सङ्लग्न सबै दोषीहरु माथी कडाईका साथ तत्कालै प्रचलित कानुन बमोजिम कडा कारबाहीको माग गरेको बिज्ञप्तीमा भनिएको छ ।

खाने तेलबाट बनेको परिकार खाँदा गौशाला नगरपालिका ४ बस्ने १२ वर्षीया रामवती सदा, ३० वर्षीय श्रीचन सदा लगायत ६ जनालाई पखाला लागेको स्थानीयवासीहरुले जानकारी दिएका छन् । सोही वडामा एक जनाको शनिबार मृत्यू भएपछि तेलकै कारण मृत्यु भएको बताइए पनी प्रहरीले पोष्टमार्टमको रिपोर्टपछि मात्र भन्न सकिने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button