निरन्तरको हावाहुरी, असिना पानीले पीडित बनाएको लाई प्रभु साहले राहत माग गरे



मेरो प्रदेश सम्वाददाता
रौतहट


कोरोना भाइरसको सन्त्रास र जारी लकडाउका कारण पिडित भएकालाई निरन्तरको हावाहुरी, असिना पानीले झनझन पीडित बनाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले भिषण हावाहुरी र असिना पानीले पीडित गरिब, किसान परिवारलाई राहत एवं क्षतिपुर्ति उपलब्ध गराउँन सरकारसग माग गरेका छन् ।
शुक्रवार आएको हावाहुरी तथा असिना पानीले रौतहट, बारा, पर्सा लगायतका ठाउँमा किसानको मकैबाली तरकारी खेतीका साथै आँप, लिचिमा क्षति पुगेको छ ।

असिना पानी तथा हावाहुरीले गरिव वर्गका मान्छेको घरको छानो उडाएर कतिपय परिवार घरवार बिहिन भएका छन् । कोरोना भाइरसको सन्त्रास र लकडाउँनले पीडित परिवारलाई थप पिडा थपिएको भन्दै नेता साहले उनीहरुलाइ तत्काल क्षतिपुर्ति दिनुपर्ने माग सरकार संग गरेका हुन् ।

कोरोना महामारी संगै महिनौ लकडाउनबाट पीडÞितहरू लगातार भिषण हावाहुरी र असिना पानीले हैरान भएका छन । रौतहट जिल्लाको मुख्यत कटहरिया र गुजÞरा नगरपालिकामा भयंकर असिनाले ठुलो क्षति पुर्याएको छ ।

विगत एक हप्ता यता निरन्तर हावाहुरी, असिना पानी आईरहँदा गरिव, किसान, श्रमजिवि वर्गका परिवार त्यसबाट बढी पीडित भएका छन् । देशमा तिन तहको सरकार रहँदा समेत त्यस्ता परिवारलाई कुनै सरकारले राहत, क्षतिपुर्ती उपलब्ध गराएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button