हावाहुरी सहित परेको असिना–पानीले घर तथा बलीनालीमा क्षति



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा शुक्रबार दिउँसो हावाहुरी सहित परेको असिना–पानीले जिल्लाको उत्तरी भेगमा ठूलो क्षति पुर्याएको छ ।


जिल्लाको बर्दिवास नगरपालिकाको वडा नम्बर ६, ७ र १० मा पर्ने किसाननगर, पशुपती नगर लगायतका ठाउँमा असिनाले केरा, मकै, आँप,लिच्चि लगायत तरकारी खेती सहित विभिन्न बालीमा क्षति पुर्याएको बर्दिवास नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष पदम बहादुर आलेले जानकारी दिए । असिना, पानी र हावा हुरीले खपडा तथा टालीले छाएको सयौ घरको छानोमा समेत क्षति र्पुयाएको छ ।

हावा हुरी र असिना पानीले घर तथा बालीमा क्षती पुर्याएपछि यस भेगका किसान चिन्तित बनेका छन् ।
। हावाहुरी र असिनापानीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको वडाअध्यक्ष आलेको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button