राहतमा पाएको तेल खाँदा गौशलामा आधा दर्जन बिरामी



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
राहतमा बाँडिएको खाने तेल बाट तरकारी पकाएर खाएपछि शुक्रबार दिउँसो महोत्तरीको गौशाला नगरपालिकाका स्थानीय महिलाहरुले नगरपालिकाको कार्यालय घेराउ गरेका छन् नगरपालिकाले । वडा नम्बर ४ मा राहतको नाममा ३ लाख ८४ हजार ४ सय रुपैयाँ उपलब्ध गराइएको र हालसम्म ६ सय ८० घरपरिवारलाई


राहतमा वितरण गरेको मध्य खाने तेलका कारण आधा दर्जन भन्दा बढी विरामी परेका छन् । खाने तेलबाट बनेको परिकार खाँदा ७ जनालाई पखाला लागेको स्थानीयको भनाई छ । खानेतेलबाट परिकार बनाएर खाँदा गौशाला नगरपालिका वडा नम्बर ४ बस्ने १२ वर्षीया रामवती सदा, ३० वर्षीय श्रीचन सदा लगायत ६ जनालाई पखाला लागेको हो ।

तेल खाँदा छोराछोरीहरुलाई पखाला लागेपछि आफुहरुलाई राहतभन्दा बढि आहात भएको स्थानीय राहत लिनेहरुको भनाई छ । राहतमा खाने तेलको नाममा अमृत व्रान्डका प्रशोधित पामोलिन खाने तेल वितरण गरिएको हो ।

यसैगरी गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले यो विषयमा अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइने र बिरामी भएकाहरुको उपचार तथा दोषीलाई कारवाही गर्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button