पत्रकारको बाँकी पारिश्रमिक तत्काल दिन र बेतलबी बिदामा नराख्न महासंंघको माग



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपाल पत्रकार
महासंघको केन्द्रीय समितिको आज बसेको बैठकले श्रमजीवी पत्रकारलाई बेतलबी बिदामा बस्न दबाब नदिन र बाँकी रहेको पारिश्रमिक भुक्तानी गर्न सञ्चार गृहहरुसंग माग गरेको छ । महासंघले श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्न महासचिव विष्टको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।


कोरोना सङ्क्रमणले उत्पन्न गराएको संकटपूर्ण अवस्थामा केही सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई बिदामा बस्न दबाब दिदैे केहीले लामो समयदेखि पारिश्रमिक नदिएको भन्दै यस्तो आग्रह गरेको हो ।
बैठकले कोरोना भाइरस सङ्क्रमणको जोखिमकाबीच सञ्चारकर्मीहरुले आफ्नो कर्तव्य निर्वाह गरिरहेकाले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको परीक्षणको व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेको छ ।

यस्तै महासंघले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइने पनि जनाएको छ ।

कोरोना सङ्क्रमणको उच्च जोखिम मोलेर नागरिकलाई सुसुचित गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न समेत महासँघले आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button