हरिवन नगरपालिकाले काठमाण्डौंमा अलपत्र परेका नगरवासीलाई उद्धार गरेर ल्यायो



मेरो प्रदेश सम्वाददाता
सर्लाही
लकडाउनका कारण काठमाण्डौंमा अलपत्र परेका नगरवासीलाई सर्लाहीको हरिवन नगरपालिकाले उद्धार गरी हरिवनसम्म ल्याएको छ । नगरपालिकाले १०४ जना नगरवासीलाई काठमाण्डौंबाट उद्धार गरेर बिहिवार दिउँसो हरिवन ल्याएको हो ।


हरिवनस्थित सनराईज , अर्किड र मोडेल यूरिका आवासिय विद्यालयको बस पठाएर पहिलो चरणमा १०४ जनाको उद्धार गरि ल्याईएको नगरप्रमुख गणेशप्रसाद प्रसाईले जानकारी दिए । उनका अनुसार काठमाण्डौंबाट उद्धार गरी ल्याइएका सबैलाई थर्मल गनबाट तापक्रम मापन गरी घर पठाउने काम भइरहेकोे छ । बन्दाबन्दीका कारण काठमाण्डौंमा अलपत्र पर्दा समस्या भइरहेको अवस्थामा नगरपालिकाले उद्धार गरी घरसम्म ल्याएपछि नागरिक खुशी भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button