होटेलमा आगलागी हुँदा ६ लाखभन्दा बढीको माल सामान जलेर नस्ट



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटको बंकुलस्थित एक होटेलमा गएराति आगलागी हुँदा ६ लाखभन्दा बढीको माल सामान जलेर नस्ट भएको छ ।


बंकुुलचोकस्थित होटेल रजनी मिटहाउमा बुुधवार मध्य रातमा बिद्युतको तार सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट होटेलमा रहेको फ्रिज, स्टेपलाइजर, एलईडी टिभी, फर्निचर, विभिन्न ब्राण्डका मदिरा बियर लगायतका सामान जलेर नष्ट भएको छ ।
आगलागीबाट कुुल ६ लाखभन्दा बढीको सामान जलेर नष्टभएको प्रहरीचौकी बंकुलका प्रमुख असई सञ्जय बोहराले बताए ।

नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानियको सहयोगमा आगलागी निण्न्त्रणमा लिईएको होटेलका सञ्चालक रामप्रवेश कुुश्वाहाले जानकारी दिएका छन् ।
आगलागी झण्डै एकघन्टामा नियन्त्रणमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button