आज लाेकतन्त्र दिवस



आज लाेकतन्त्र दिवस उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा स्वरूप प्रत्येक वर्ष  बैशाख ११ गतेलाइ लोकतन्त्र दिवसकाे रूपमा मनाइंदै आइएकाे छ ।

बिहीबार परेकाे  लाेकतन्त्र दिवस  १४ औं लोकतन्त्र दिवस हाे । सरकारले  कोरोना भाइरसबाट बच्न जारी  गरेकाे लकडाउनका कारण  औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको अधिकार जनआन्दोलनको बलले प्राप्त  भएकाले लोकतन्त्र दिवसको महत्व छ।

संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो।  दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भई कार्यान्वयनको क्रममा छ। वैशाख ११ गतेपछि नै यो राजनीतिक विकास भएकाले प्रत्येक वर्ष यस दिन लोकतन्त्र दिवसका रुपमा स्मरण गरिन्छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button