आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा अर्पण गरी मातातिर्थ पर्व मनाइंदै

आज वैशाखकृष्ण पक्षकाे मातातिर्थ औँसी जन्मदिने मातालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज मनाइँदैछ । शास्त्रमा पण्डित आचार्य र पिताभन्दा पनि माताकाे महिमा ठुलाे छ । आजकाे दिन ठुली मानिएकी माता प्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आशीर्वाद थाप्ने गरिन्छ । आज बिहानै उठेर छोराछोरीले नुहाइधुवाइ आफ्नी आमालाई राम्राे लुगा लगाउने तथा मिठाे खान नदिएर आशीर्वाद थाप्ने चलन छ ।
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’ अर्थात् छोरा छोरी नराम्रा भए भने पनि आमाले सबै सन्तान राम्राे हुने भन्दै माताप्रति उच्च सम्मान व्यक्त गरिएकाे छ । माताकाे हृर्दय सदैव सन्तानप्रति दयावन हुने भन्दै माहाभारत कालमा माता गान्धारीले जेठाे छाेरा दृर्यधन लगाएत सयभाइले गरेकाे कुकर्ममा नदेखियाेस् भनेर आँखामा पट्टि बाँधेकी थिइन् । आजकाे परिवेशमा हामीले आमाकाे मुख हेर्ने नभइ आमालाइ मुख देखाउन लायक हुनुपर्छ । सन्तानले अशल कर्म गरेमात्रै आमा प्रशन्न हुन्छिन ।

यसैबिच विश्वभर काेराेना भाइरसकाे कारण जारी बन्दाबन्दीले काठमाण्डाैमा रहेकाे मातातिर्थमा मेला स्थगित भएकाे छ । सरकारले गरेकाे लकडाउनकाे पालना गरेर आमा संगै हुनेले आमालाइ मिठा मिठा खाने कुरा पकाएर खान दिने तथा आमा टाढा हुनेले फाेन तथा विभिन्न विधुतिय माध्यमबाट सम्पर्क गरेर आमाकाे आर्शिवाद लिन सकिन्छ । लकडाउनकाे पालना गरेर घरमै बसि काेराेनाबाट नेपाल आमालाइ समेत रक्षा गराैं ।