महिला कुटेको भन्दै भिस्वाबासीको विरोध



मेरो प्रदेश सम्वाददाता
पर्सा
सशस्त्र प्रहरीले महिलालाई कुटेको अभियोगमा पर्साको छिपहरमाई गाउँपालिका(५ भिस्वाका बासिन्दा विरोधमा उत्रिएका छन् ।


भिस्वा सीमा नाका हुँदै भारत गएर तरकारी खरिद गरेर फर्किएका महिलाहरुलाई लखेटेर कुटपिट गरेको भन्दै स्थानीयले लकडाउन उल्लंघन गर्दै सीमा सुरक्षार्थ खटिएका सशस्त्रको विरोध गरेका हुन् ।

बिरोधका क्रममा स्थानीयले सशस्त्र प्रहरीमाथि ढुंगा प्रहार गरेपछी भिडलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले पनि लाठी प्रहार गरेका छन् । सीमा पारी सिक्टा बजारबाट तरकारी किनेर आइरहेकी २ जना महिलालाई भिस्वा सीमा नाकामा खटेका सशस्त्र प्रहरीले कुटपिट गरे पछि स्थानीय सशस्त्र प्रहरीको विरोधमा उत्रिएका हुँन । ‘लकडाउन सुरु भएदेखि भिस्वामा तरकारी र खाद्यान्नको पसल खुलेको छैन’सीमावर्ती भारतीय बजार जान पनि पाइएकाले दुईजना महिला सिमापारी गएर तरकारी किनेर आउँदा सशस्त्र प्रहरीले कुटपिटगरेको स्थानियको भनाई छ ।

तर, सशस्त्र प्रहरीले आरोप झुठो भएको बताएको छ ।
स्थानीय र सशस्त्र प्रहरीबीच तानव बढेपछि थप सुरक्षाकर्मी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button