क्वारेन्टाइनमा आमाबुबासँगै रहेका एक ८ महिने शिशुको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको उत्तर–पूर्वी चुरे क्ष्ंोत्र स्थित लालबन्दी नगरपालिका १५ परवानीपुर झल्ला चौडीमा सञ्चालन गरिएको क्वारेन्टाइनमा आमाबुबासँगै रहेका एक ८ महिने शिशुको ज्यान गएको छ ।


रौतहटको गरुडास्थित एक इँटा उद्योगमा कार्यरत परवानीपुर शीर फुलजोरका तारादेवी वाईवा उनकी श्रीमती र आठ महिने छोरासहित तीन दिनअघि मात्रै गाउँ आएका थिए । उनीहरुलाई तत्काल घर पठाउँदा गाउँले त्रसित हुने भन्दै स्थानीय जनप्रतिनिधिले झल्ला चौडीस्थित रुन्चे बजारको विद्यालयमा अस्थायी क्वारेन्टाइन निर्माण गरी बस्ने व्यवस्था मिलाएको थियोे ।

सोही क्वारेन्टाइनमा मंगलबार बेलुका आमाबुवासँगै सुतेका बालकको राती मृत्यु भएको प्रहरीले जनाएको छ । बुवा तारादेवी वाईवाले बच्चालाई राती अचानक धेरै ज्वरो आएको र निमोनियाको समस्या पनि देखिएको वुधवार बिहानै घटनास्थलमा पुगेका एक स्थानीयले जानकारी दिए । झल्ला चौडी ईश्वरपुर नगरपालिका वडा नं. १२ घारिबथानको फूलजोर गाउँ नजिकै पर्छ ।

यस्तै लालबन्दी बजारस्थित नगरपालिकाबाट स्वास्थ्यकर्मीहरुको टोली घटनास्थलतर्फ हिँडेको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले बताए ।

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको अवस्थामा क्वारेन्टाइनमा राखिएका बालकको मृत्यु भएपछि स्थानीयमा त्रास फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button