बाराको ग्रामिण क्षेत्रमा लक डाउनको कुनै पनी प्रभाब परेन



मेरो प्रदेश सम्वाददाता
बारा
बाराको ग्रामिण क्षेत्रमा लक डाउनको कुनै पनी प्रभाब नपरेको देखिएको छ ।


कोरोनाको भाईरसबाट बच्न नेपाल सरकारले गरेको लकडाउनमा अति आवश्यक कामबाहेक घर बाहिर ननिस्कनुको साथै घर भित्रै बस्न आग्रह गरे पनि भाईरसबाट बच्न अग्रिम तयारीकालागी बारा जिल्लाको ग्रामिण भेगका नागरिकले बेवास्ता गरेको देखिएको हो ।

जिल्लाको गाउँटोलमा कोरोना महामारीको बारेमा जानकारी भए पनि सामूहिक रुपमा हुने गरेको दैनिक भेला, विना काम आवतजावत लगायतको कार्य भईरहेको देखिन्छ ।

बाराको ग्रामिण क्षेत्रमा लक डाउनको कुनै प्रभाव नपरेको र यसलाई कडाइ गर्न प्रहरी जन शक्ति कम रहेकाले स्थानीय जनप्रतिनिधि सहितलाई सघाउन अनुरोध गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button