उदयपुरमा अर्को एक जनामा कोरोना संक्रमण



मेरो प्रदेश सम्वाददाता
उदयपुरउदयपुरमा अर्को एकजना ३३ वर्षका पुरुषमा
कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा केहिदिन अघि बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पकर्मा रहेका मानिसहरुको स्वाब संकलन गरेर काठमाडौं लगी परीक्षण गर्दा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं पठाएको थियो ।

पठाईएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button