मजदुरको शव गाड्ने इँटा उद्योगका सञ्चालक पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
काम गर्ने क्रममा मृत्यु भएको मजदुरको शव गाड्ने धनुषा विदेह नगरपालिकाका एक जना इँटा उद्योगका सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उद्योग सञ्चालक अनिफ नदाफ र अजिम मन्सुरी रहेका छन ।
विदेह नगरपालिका ३ जोगियास्थित भगवत्ती इँटा उद्योगमा काम गर्दै आएका भारतीय मजदुर सुक्ता नफादको गत वैशाख ६ गते उद्योगमै मृत्यु भएको हो ।


४० बर्षीय उनको चुँडिएको विजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएपछि उद्योग सञ्चालकले उनको शव पोष्टमार्टम समेत नगराई जमिनमा गाडेको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले बताए ।

प्रहरीले सुक्ता नफादको शव गाडिएको ठाउँको उत्खनन गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगेको र घट्नाबारे थप अनुसन्धान शुरु गरिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button