महोत्तरीमा अवैध मदिरा भट्टी नष्ट गर्ने अभियान



महोत्तरी प्रहरीले महोत्तरीमा अवैध मदिरा भट्टी नष्ट गर्ने अभियान चलाएको छ।
लकडाउनको समयमा समेत भट्टीमा मदिरा सेवन गर्नेहरुको जमघट बढ्दै गएपछी प्रहरीले सोमबार साँझ भङ्गाहा–७ मेघनाथगोरहन्नामा १७ हजार लिटर अवैध मदिरा सहित चारवटा भट्टी नष्ट गरेको हो।


त्यसैगरी सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्ती टोलीले रामएकवाल चौधरी, नवीन चौधरी, कमल चौधरी र रामपुकार चौधरीले सञ्चालन गरेका भट्टी नष्ट गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

उनिहरुको भट्टीबाट १४ हजार लिटर रक्सी बनाइने कच्चा पदार्थ, तीन हजार लिटर तयारी रक्सी र रक्सी बनाउन प्रयोग गरिने भाँडा बरामद गरी नष्ट गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button