राहतमा कुहिएको दाल बाड्ने ५ जना वडाध्यक्ष पक्राउ



मेरो प्रदेश सम्वाददाता
बारा
राहतमा कुहिएको दाल वितरण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, बाराले ५ जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा वडा नं १ का वडाध्यक्ष हरिओम साह, वडा नं ७ का वडाध्यक्ष सफिल्लाह अन्सारी, वडा नं १३ का वडाध्यक्ष राजन प्रसाद कुर्मि, वडा नं २६ का वडाध्यक्ष महेश साह, वडा नं ११ का वडाध्यक्ष सर्वुनारायण चौधरी लाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीले कुहिएको दाल खरिद गरिएको यादव आईस एण्ड कोल्ड स्टोरका कर्मचारी कृष्णप्रसाद यादव र कोल्डस्टोरमा दाल स्टोर गर्ने उद्योगी तेजकरण जैन सहितलाई पक्राउ गरेको छ । जैनलाई काठमाडौँको कीर्तिपुरबाट अन्यलाई उनिहरुको घरबाटै पक्राउ गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button