देशका विभिन्न भागमा वर्षा , हुरीबतास र असिना पर्ने सम्भावना

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
अहिले प्रदेश २ सहित देशका विभिन्न ठाउँमा मेघ गर्जन सहित हुरीबतास र पानी परिरहेको छ ।
बादल अहिले उत्तर पूर्व्तिर सरिरहेको छ । यसकै कारण पूर्व्तिर पनि चट्याङ, हुरीबतास र असिना पर्ने भएकाले सावधानी अपनाउन मौसमविदहरुको सुझाव छ
आज देशभरीकै मौसम आंशिकदेखि सामान्य बदली भई केहि ठाउँमा मेघगर्जन, हावाहुरी र कतै कतै असिना सहित पानी पर्ने सम्भावना रहेको बताईएको छ ।
प्रि(मनसुनी गतिविधि सक्रिय भएकाले बिहिबारसम्म नै देशभरीको मौसम आंशिक देखि सामान्य बदली भई केहि ठाउँमा मेघगर्जन हुरीबताससहित असिना पानी पर्ने सम्भावना भएपनी आजको भन्दा भोलि कम हुने मौसमविद्ले बताएका छन् ।