रविकुमार पटेलको शव फेला



मेरो प्रदेश सम्वाददाता
पर्सा
आइतबार बेलुका खाना खाएपछि पेट फुलेको भन्दै घर बाट बाहिर निस्केका वीरगञ्ज महानगरपालिका वडा नं २५ मौजे सिर्सियाको २६ वर्षीय रविकुमार पटेलको सोमबार बिहान शव फेला परेको छ ।


आज बिहान शौच गर्न घर बाहिर निस्केकी एक युवतीले शव देखेपछि गाउँमा खबर गरेकी थिइन् । घाँटीमा रुमालले बेरिएको अवस्थामा शव भेटिएकोले उनको हत्या भएको आशंका स्थानीयले गरेका छन् ।
शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको र घटनावारे अनुसन्धान भईरहेको । पर्सा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button