वीरगंजमा आफ्नै बुुवाले छोरीको हत्या गरेको रहस्य खुल्यो



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्साको वीरगंजमा आफ्नै बुुबाले छोरीको हत्या गरेको रहस्य खुुलेको छ ।


वीरगंज स्थित वडानम्बर –१ छप्कैया निवासी संजय सरार्फले आफ्नै ७ बर्षिय छोरी अंशू कुमारी सरार्फको घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

गत चैत ११ गते सरार्फले छोरीको हत्या गरेर छोरीले आफैले आत्महत्या गरेको भनी प्रहरीमा खवर गरेका थिए । घरको माथिल्लो तलामा झुण्डिएको अवस्थामा आफुले देखेको र उनलाई बचाउन सोही दिन आफैले अस्पताल लगेको र अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्युु भएको प्रहरीलाई बयान दिएका थिए।

सरार्फले छोरीकोे जिद्दी पछी सुरुमा झापड हानेर पछि हातले घाँटी थिचेको र घाँटी थिच्ने क्रममा बेहोश भएकी छोरीलाई अस्पताल लैजादै गर्दा बाटौमै मृत्यु भएको वयान प्रहरीलाई दिएका छन । छोरीको जिद्दीका कारण आफूले आवेगमा आएर यस्तो गरेको बयान दिएको पर्सा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button