पुनह अतिक्रमण गरेर बनाईएको घर टहरा डोजर लगाएर भत्काईयो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी


महोत्तरीको गौशाला नगरपालिका स्थित निगौल गाई गौशालामा अतिक्रमण गरेर बनाईएको घर टहरा आईतवार डोजर लगाएर भत्काईएको छ ।

गत फागुन १८ गत्ते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको नेतृत्वमा उक्त जग्गामा अतिक्रमण गरी बनाइएको ३० घर टहरा भत्काइएको थियो ।

तर भत्काएको दुई महिना समेत नबित्दै अतिक्रमणकारीले अटेर गरेर पुनह अतिक्रमण गरी घर टहरा बनाए पछी निगौल गाई गौशलाले आईतवार गौशला नगरपालिका, ईलाका प्रहरी कार्यालय गौशला र सस्त्र प्रहरी बल रामनगरको सहकार्यमा अतिक्रमण गरेर पुनर निमार्ण गरिएका सातवटा टहरा र एउटा पक्की घर भत्काएको निगौल गाई गौशलाका प्रमुख राधेश्याम खनालले जानकारी दिए ।

उनले सार्वजनिक तथा गुठीका जग्गा अभिक्रमित गर्ने अभियान सरकारकै भएकाले आफुहरुले पनी सोहि अनुसार गरेको प्रस्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button