सर्लाहीको धनकौल गाउँपालिकाका १४ वर्षीय किशोरमा कोरोना भाइरस नरहेको पुष्टि



मेरो प्रदेश सम्वाददाता
सर्लाही
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पिसिआर परीक्षण पछी सर्लाहीको धनकौल गाउँपालिकाका १४ वर्षीय किशोरमा कोरोना भाइरस (कोभिड–१९) नरहेको पुष्टि भएको छ ।


ति किशोर गएको चैत २३ गते छिमेकी मुलुक भारतको दिल्लीबाट आएर धनकौल गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसिरहेका थिए । शुक्रबार उनर्को यापिड डाइग्नोस्टिक टेस्ट गर्दा एन्टिबडी पोजिटिभ देखिएको थियो। किशोर सँगै क्वारेन्टाइनमा राखिएका सोही स्थानका अर्का एक पुरुषको भने आरडिटी टेस्ट नेगेटिभ देखिएको थियो।

रिपार्ट आए लगत्तै दुवै जनालाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना गरिएको थियो । उनीहरु दुवैको स्वाब संकलन गरी काठमाडौं पठाईएको थियो। उनको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि धनकौलमा कोरोनाको त्रास फैलिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button