महोत्तरीको क्वारेन्टाइन व्यवस्थित नभएको कारण धनुषा स्थानान्तर



मेरो प्रदेश सम्वाददाता
महोत्तरी


महोत्तरीको जलेश्वर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइन व्यवस्थित नभएको कारण महोत्तरीको सिमा नाका हुँदै भारत प्रवेश गर्न लागेका सात भारतीयसहित आठजनालाई सदरमुकाम जलेश्वर स्थित क्वारेन्टाइनबाट धनुषा स्थानान्तर गरिएको छ ।

क्वारेन्टाइन मापदण्ड अनुसार नचलाईएको र खानपानको समेत उचित ब्यवस्था नभएपछि उनीहरूलाई धनुषा पठाइएको हो । नेपालका विभिन्न स्थानमा मजदुरी गर्दै आएका भारतीयहरु करीब एक साता अघि महोत्तरीको नाका हुँदै भारत प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा राखेको थियो ।
उनीहरूलाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयले धनुषाको नगराइन नरपालिका गंगुलीमा सञ्चालन गरेको क्वारेन्टाइनमा स्थानान्तरण गरिएको जलेश्वर नगरपालिकाका स्वास्थ्य संयोजक अनिल पाण्डेयले जानकारी दिए ।
धनुषा स्थानान्तरण गरिएको विषयमा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्रप्रसाद चौधरीले असन्तुष्टि जनाउँदैे आफूलाई समेत कुनै जानकारी नगराई स्थानान्तरण गरिएकोमा नगरपालिकासँग स्पष्टीकरण सोधिने बताए ।

महोत्तरीमा १९ क्वारेन्टाइन निर्माण भए छन् । जसको बेडक्षमता तीन सय ६६ छ, तर व्यवहारमा भने कुनै पनि क्वारेन्टाइन मापदन्ड अनुसारका छैनन । यस बिषयमा जलेश्वर नगरपालिकाका मेयर राम शंकर मिश्र संग सम्पर्क गर्न खोज्दा उनिसंग सम्पर्क हँुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button