प्रेस स्वतन्त्रता सेनानी मण्डल अस्पताल भर्ना



गोपाल प्रसाद बराल
महोत्तरी
मुलुककै जेठा पत्रकारमध्येका महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–५ का ८८ बर्षीय बिन्देश्वरीप्रसाद मण्डल अस्पताल भर्ना भएका छन । रक्तअल्पताले सिकिस्त भएपछि उनलाई जनकपुरधामको बजरङ्गचोकस्थित जानकी हेल्थ केयर अस्पतालमा भर्ना गरिएको हो ।
नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका पहिलो सभापति समेत रहेका मण्डल प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउने जिल्लाका पहिलो पत्रकार हुन । मण्डललाई २०६६ सालमा यो सम्मान प्रदान गरिएको हो ।
जिल्लाबाट प्रकाशित हुँदै आएको तथ्य साप्ताहिकका सम्पादक रहेका मण्डल केही दिनयता अस्वस्थ्य भएपछि शनिबार उनलाई अस्पताल भर्ना गरिएको हो । चिकित्सकले उनिमा रक्तअल्पताको मुख्य समस्या रहेको औंल्याएका उनका कान्छा छोरा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।
राजनीतिक गतिबिधिमा गहिरो अभिरुची राख्ने मण्डल मटिहानी गाउँपञ्चायत छँदा प्रधानपञ्च भई सकेका छन । मण्डलका तीन छोरामध्ये जेठा रामकुमार मण्डल महासङ्घ महोत्तरी शाखाका सभापति र गाउँपञ्चायतको प्रधानपञ्च भइसकेका छन । त्यसैगरि अहिले मटिहानी नगरपालिकाका प्रमुख कान्छा छोरा हरिप्रसाद मण्डल महासङ्घ महोत्तरी शाखाको तीन कार्यकाल अध्यक्ष भएका थिए ।
प्रेस स्वतन्त्रता सेनानी मण्डल अस्पताल भर्ना भएपछि यसभेगका पत्रकारले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगी रहेका छन् । महासङ्घ प्रदेश–२ का अध्यक्ष दिपेन्द्रसिंह चौहान र महोत्तरी शाखा अध्यक्ष कमलेश मण्डललगायत महोत्तरी धनुषा र प्रदेश २ का पत्रकारहरुले मण्डलको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।—


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button