सिन्धुलीमा बिबाह बर्षगाँठको अवसरमा राहत बितरण



मेरो प्रदेश सम्वाददाता
सिन्धुली
सिन्धुलीको कमलामाई नगरपालिका ४ कुमालफाँटका श्रमिकहरुलाई एक शिक्षक दम्पतीले आफ्नो बिबाह बर्षगाँठको अवसरमा राहत बितरण गरेका छन । ग्वाङखोलाको बगरमा गिटी फुटाएर डेरागरी परिवार पाल्दै आएका ९ जना श्रमिक परिवारलाई स्थानीय शिक्षक सन्तोष बोहोरा र उनकी श्रीमती ज्वाला कार्कीले राहत बितरण गरेका हुन् ।


लक डाउनका कारण श्रम गर्न नपाउँदा बालबच्चालाई एक छाक खुवाउन समेत समस्या भएको अवस्थामा बोहोरा दम्पतीले प्रतिवरिवार २० किलो चामल, २ किलो दाल, खानेतेल, नुन, मसला, साबुन लगायतका राहत सामग्री प्रदान गरेका हुन् ।

बोहोरा दम्पतीले वडा कार्यालयको समन्वयनमा श्रमिक परिवारलाई राहत वितरण गरेको बताईएको छ । शिक्षक दम्पतीले आफ्नो बिबाह बर्षगाँठ पारेर राहत दिएपछि श्रमिकहरु निक्कै खुसी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button