प्रदेश २ मा एक हजार ८३६ को र्यापिड डायगोनेष्टिक टेस्ट



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ को आठवटै जिल्लामा अहिलेसम्म एक हजार २६५ जना क्वारेन्टाइनमा, एक हजार ६७७ जना होम क्वारेन्टाइन र १४ जना आइसोलेशनमा राखिएका छन् ।


शनिबारसम्म प्रदेश २ मा एक हजार ८३६ र्को यापिड डायगोनेष्टिक टेस्ट गरिएको मध्ये सबैभन्दा बढी पर्साका ९२३ कोे परीक्षण गरिएको हो ।
यसैगरी सप्तरीमा २८७, सिरहामा ११०, धनुषामा ५४ र महोत्तरीमा ५४ जनाको आरडिटी परीक्षण गरिएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

यस्तै, सर्लाहीमा ६८, बारामा ६२ र रौतहटमा २६८ जनाको आरडिटी परीक्षण गरिएको छ । सर्लाहीको धनकौंल–५स्थित जनता माविको क्वारेन्टाइनमा बसेको १४ वर्षीय एक किशोरको आरडिटी रिपोर्ट पोजिटिभ भएको र उनको स्वाब परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button