पैसा फालेर भाग्ने महिलामा आरडीटी परीक्षण गर्दा ‘पोजेटिभ’ देखियो



मेरो प्रदेश सम्वाददाता
धनुषा
श्ुक्रवार जनकपुरधामको महाबीर चोक स्थित पेठीया बजार जाने सडकमा रु १० को नोट फालेर भागेकोे आरोपमा प्रहरीले जनकपुरधामबाट दुई जना महिलालाई पक्राउ गरेर आरडीटी परीक्षणगर्दा उनिहरुमा पोजेटिभ नतिजा आएको छ ।
प्रादेशिक अस्पताल जनकपुरका अनुसार सो अस्पतालमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ आएकोे हो ।
उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट परिक्षण भईरहेको छ ।


रुपैयाँ फालेर भागेकोे उजुरी र सि सी टि भी फुटेजको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ घर भएका हुन् । दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाएको छ ।

जानकी मन्दिर नजिकैबाट शनिबार ती दुवैजना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

सिसिटीभी फुटेजहरु झिकाएर अध्ययन गर्दा उनीहरुको भूमिका शंकास्पद देखिएको र प्रहरीले सार्वजनिक गरेको हुलिया पनि मिलेकाले स्थानीयकै सहयोगमा ती दुवै महिलालाई पक्राउ गरिएको हो । रुपैयाँ किन फ्यालेको भनि सोध्दा ती महिलाहरुले कुनै जवाफ दिएका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button