रौतहटमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा बालुवाधनी कटहरिया ८ पिप्रापोखरियाका ३५ वर्षीय दिनेश राय यादव रहेका छन ।


यादव गएराति ९ बजे बालुुवा लिएर आउँदै गरेको ना२त २४५७ नम्बरको ट्याक्टर चडी आउँदै थिए आउनेक्रममा कटहरिया १ भसेढवा स्थित ट्याक्टर तीव्रगततीमा अनियन्त्रितभई नहरको डिलमा दुुर्घटना हुँदा यादवको घटनास्थलमै मृत्युु भएको हो ।

दुुर्घटनामा ट्याक्टर र चालक कटहरिया १ का सोनालाल दास लाई नियन्त्रणमा लिईएको रौतहट प्रहरीले जानाएको छ ।

चालक दासमाथि सवारी ज्यानमुद्दा दर्ताभई आवश्यक प्रकृया अगाडि बढाइएको छ ।

यसैगरी लकडाउनको उलंघनगर्दै कटहरिया १ भसेढवाका रामवीर ठाकुर लोहारले बिक्री गरेको बालुुवा खरिद गरी ल्याइरहेको क्रममा दुुर्घटना भएको चालकले बताएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

लकडाउनको अवधिमा बिना इजाजत सवारीसाधन चलाउन दिने सवारी धनी र बालुवा बिक्री गर्ने दुबै लाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button