सर्लाहीका किशोरमा र्यापिड टेष्ट पोजेटिभ



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको क्वारेन्टाइनमा राखिएका एक १४ वर्षीय किशोरको र्र्या्पिड डाइग्नोष्टिक टेष्ट रिपोर्ट पोजेटिभ आएपछी शुक्रबार साँझ उनलाई प्रादेशिक अस्पताल जनकपुर पठाईएको छ ।


उनीसँगै क्वारेन्टाईनमा राखिएका अर्का एकजनालाई पनि जनकपुर नै पठाईएको छ । जनकपुरमा दुवैजनाको पीसीआर टेष्ट हुनेछ । र्र्या्पिड टेस्टमा पोजेटिभ देखिएपनि पीसीआर टेष्ट नगरी कोरोना भाईरस (कोभिड–१९) पुष्टी हुँदैन । धेरैजसो र्र्या्पिड टेष्ट पोजेटिभ देखिएकाहरुको समेत पीसीआर टेष्टले नेगेटिभ
देखाईरहेको छ ।

भारतको दिल्ली स्थित ब्याग फ्याक्ट्रीमा काम गर्ने ति किशोर धनकौल निवासी हुंन उनी १४ दिनअघि ‘गौरबाट नेपाल छिरेर घर आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाईनमा राखेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button