जनकपुरको सडकमा पैसा छरेर २ महिला फरार



मेरो पैदेश सम्वाददाता
धनुषा
जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोक स्थित बाटोमा शुक्रबार दिउँसो १२ः३० बजे दुई महिलाले नेपाली रूपैयाँ छरेर फरार भएका छन । महिला फरार भएपछी स्थानियले प्रहरीलाई खवर गरेका थिए । खवरपाए लगतैे सो ठाउँमा प्रहरी पुगेर रूपैयाँ बरामद गरेको थियो । रूपैयाँ कोरोना भाइरस सङ्क्रमण सम्बन्धी शङकास्पद भएकाले अनुसन्धान कार्य तीव्र रूपले भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


सीसीटीभीको फुटेजमा ती महिला अन्दाजी ४०–४५ वर्षको हुन सक्ने अनुमान गरिएकोे छ ।

बरामद गरिएको रूपैयाँलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको बताईएको छ ।

प्रहरीले रूपैयाँ छर्ने महिलाको खोजी भइरहेको र रूपैयाँ छरिएको क्षेत्रलाई स्यानिटाइजरसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button