बर्दिवासमा आफ्नै घरमा झुण्डिएको अवस्थामा एक किशोरी मृत फेला



मेरो प्रदेश सम्वाददाता
महोत्तरी


महोत्तरीको बर्दिवासमा एक १६ वर्षिय किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन ।
बर्दिवास नगरपालिका वडा नम्बर ९ पशुपतीनगर घर भएकी प्रियंका कुमारी महतो बिहिवार राती आफ्नै घरको कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको बर्दिवास प्रहरीले जनाएको छ ।

किशेरीले आफ्नै सलको पासो बनाई झुन्डिएर छटपटी रहेहेको अवस्थामा उनकी आमा सुर्यकला देवी महतोले देखेपछी किशारी झुन्डिएको सल काटेर बचाउन खोजेपनी तुरुन्तै उनको मुत्यु भएको मृतकको परिवारको भनाई छ ।
घटनाको बिषयमा अनुसन्धान भईरहेको बर्दिवास प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button