प्रदेश २ मा र्यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) को माध्यमबाट स्वाब परीक्षण गर्दा ६ सय ५७ जनामा नेगेटिभ र दुई जनामा पोजेटिभ रिपोट



मेरो प्रदेश सम्वाददाता
धनुषा


प्रदेश २ र्मा यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) को माध्यमबाट स्वाब परीक्षण गर्दा ६५७ जनाको नेगेटिभ र दुई जनाको पोजेटिभ रिपोट आएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती दुई जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोट आएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेश २ मा ५३५ जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएकामा ४५४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ७७ जनाको रिपोर्ट आउन बाँकी छ । चार जना कोरोना भाइरसबाट सङ्क्रमित भएको देखिएको छ ।
प्रदेश २ मा एक हजार १३७ क्वारेन्टाइनमा, एक हजार ५२५ होम क्वारेन्टाइनमा र १२ जना आइसोलेसनमा रहेका छन् । प्रदेश सरकारले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई विशेष कोरोना अस्पतालका रुपमा राखेकोे छ ।

प्रदेशको सप्तरीमा १६१, सिरहामा ५०, बारामा ४९, पर्सामा ४८, महोत्तरीमा ३३, सर्लाहीमा ५७, रौतहटमा २०८ र धनुषामा १८ जनाको बिहीबार मध्याह्न १ बजेसम्ममा आरडिटी परीक्षण भइसकेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button