सिरहामा बहुविवाह गरेर फरार रहेका यादव पक्राउ



मेरो सैदेश सम्वाददाता
सिरहा
गएको मंसिर १४ गते इलाका प्रहरी कार्यालय महेशपुरपतारी सिरहाको प्रहरी हिरासतबाट
बहुविवाहको मुद्दामा फरार भएका एक प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा
लक्ष्मीपुरपतारी गाउँपालिका(३ बस्ने ३३ संजय कुमार यादव छन् ।


यादवलाई बिहीबार आफ्नै घरमा लुकीछिपी बसेको अबस्थामा इलाका प्रहरी कार्यालय महेशपुरपतारी सिरहाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय महेशपुरपतारी सिरहामा ल्याई थप अनुसन्धान भरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button