व्यवसायी र कामदारलाई समेटेर राहत घोषणा गर्न सरकारलाई निर्देशन



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


देशमा अधिकांश प्रकृतिका उद्योगी व्यवसायीले आफ्ना लागि राहत प्याकेज माग गरिरहेको बेलामा प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले कामदारदेखि व्यवसायीसम्मलाई समेटेर राहत प्याकेज उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । हिजो समितिको सदस्यहरुसँग टेलिफोनमा कुराकानी गर्दै तत्काल गर्नुपर्ने विभिन्न पाँच निर्देशन सरकारलाई दिएको समितिले जनाएको छ ।

समितिले निर्माण क्षेत्रमा काम गर्ने कामदारदेखि व्यवसायीसम्मका लागि सरकारले राहतको प्याकेज उपलब्ध गराउनु पर्ने माग गरेको छ ।

त्यसैगरी विकास आयोजनामा काम गर्ने मजदुर तथा कामदार, अनौपचारिक क्षेत्रमा काम गर्ने ज्यालादारी मजदुरलाई अत्यावश्वक सम्पूर्ण खाद्यान्नलगायतका सामग्रीको तत्काल व्यवस्था गर्न पनि सरकारलाई निर्देश दिएको छ ।

समितिले वडा कार्यालयले पहिलो चरणमा राहत वितरणको काम सम्पन्न गरिसकेको उल्लेख गर्दै नलिएका वा लिन नपाएकालाई तत्कालै राहतको व्यवस्था गर्न सरकारलाई भनेको छ । तर हप्तौं हिँडेर घर जान लागेर बाटो बाटोमा अलपत्र परेका नागरिकलाई सुरक्षित किसिमले घर जाने वातावरण बनाउन पनिे सरकारलाई अग्रह गरेको छ ।

समितिले राष्ट्रिय गौरवका आयोजनाको प्रकृति हेरेर कार्यस्थलमै स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार क्वारेनटाइन तयार गर्न समेत निर्देशन दिएको छ । निर्माण कार्यलाई अघि बढाउनेबारे अध्ययन गरेर निष्कर्ष अनुसार अघि बढ्नुपर्ने समितिको सदस्यहरुको मत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button